Posts

Showing posts from March, 2024

आशाको दियो

 मलाई चार मैनबत्तिको कथा स्मरण भइरहेको छ । चारवटा मैनबत्तिहरु विस्तारै जल्दै थिए। वातावरण यति चकमन्न थियो कि, उनीहरु आपसमा फुसफुसाई रहेको पनि प्रष्टै सुनिन्थ्यो। – पहिलो मैनबत्तिले भन्योः म शान्ति हुँ। कसैले पनि मलाई बाल्नु सक्दैन। त्यसैले म ठान्छु, म जल्नै हुन्न– निभ्नु पर्छ। त्यसपछि त्यसको ज्वाला विस्तारै निभ्यो। – दोस्रो मैनवत्तिले भन्योः म विश्वास हुँ। मुख्य कुरा त म हराउनु हुन्न। तसर्थ, मैले जल्नुको कुनै अर्थ देखिन्न। दोस्रो मैनबत्तिले बोल्न छोड्ना साथ बलिरहेको ज्वाला झ्याप्प निभ्यो । – आफ्नो पालो आएपछि दुःखि हुँदै तेस्रोले भन्योः म प्रेम हुँ। म मा त जल्ने आँटै छैन। मान्छेले मेरो महत्व बुझेनन् र मैलाई बाले। तिनीहरुले त आफ्ना अति निकटकाहरुलाई पनि माया गर्न भुले। अनि क्षणभरै नकुरी तेस्रो मैनवत्ति झ्याप्पै निभ्यो। एक्कासी एउटा बालक मैनबत्तिहरु बलिरहेको कोठामा पस्यो। तिनवटा मैन निभिरहेको देख्यो । ‘तिमीहरु चाँहि किन नबलेको? बालकले रुँदै सोध्यो– ‘तिमीहरु त नसकिएसम्म बलिरहनु पर्ने हैन ?’ – त्यसपछि बलिरहेको चौथो मैनबत्तिले भन्यो, ‘नआत्तिऊ, म बलिरहेसम्म हामी, निभेका सबैलाई फेरी बाल्न स...